मिति २०८३ साल असार ६ गते शनिबारका दिन द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप TNFMDG को आयोजना, ८ नं. वडा कार्यालय, गुलरिया नगरपालिका, बर्दियाको आर्थिक सहयोगमा जातीय विभेद र असमानताको विरुद्ध दलित समुदायका युवाहरुको नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
जातीय विभेद, असमानता भनेको के हो ?, संविधान र दलित अधिकार, युवा नेतृत्व र भूमिका , समुदायमा कसरी परिवर्तन ल्याउने ? भन्ने बिषयमा TNFMDG का मिशन निर्देशक कर्ण बहादुर बिकले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको वडाका जनप्रतिनिधि वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाँ, वडा सदस्य सन्तोषि पासीले अनुगमन गर्नुभयो । भने ३१ जना सहभागीको उपस्थिती रहेको थियो ।
आफनो कार्यकालमा पहिलो पटक ८ नं. वडामा जातीय विभेद र असमानताको विरुद्ध दलित समुदायका युवाहरुको नेतृत्व विकास कार्यक्रम सम्पन्न गर्न लागेकोमा धेरै खुसी लागेको बताउनुभयो ।
उहाँले अझै पनि धेरै कार्यविधि, नीति नभएका कारण गुलरिया नगरपालिकाले यस्ता विषयमा काम गर्न नसकेको बताउनुभयो ।




Comments
Post a Comment