
मिति २०८३ साल असार ७ गते आइतबारका दिन द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप TNFMDG को आयोजना, ८ नं. वडा कार्यालय, गुलरिया नगरपालिका, बर्दियाको आर्थिक सहयोगमा सुकुम्बासी, मुक्तकमैयाहरुको अधिकार र दायित्वबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
को हुन ? सुकुम्बासी, मुक्तकमैया, वर्तमान अवस्था बारे जानकारी, सुकुम्बासी, मुक्तकमैयाहरुको अधिकार, नीतिगत व्यवस्था के कस्तो छ ?, सरकारी सेवा, प्रक्रिया, स्थानीय सरकार सँगको सहकार्य, दायित्व र सहभागीता लगायतका विविध बिषयमा वकिल (अधिवक्ता) राम कुमार थारुले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको वडाका जनप्रतिनिधि वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाँ, वडा सदस्य सन्तोषि पासीले अनुगमन गर्नुभयो । भने ३८ जना सहभागीको उपस्थिती रहेको थियो ।



Comments
Post a Comment